कीवर्डहरू -

अब इन्स्टाग्राममा पनि ९ः१६ को अनुपातमा फोटो पोस्ट गर्न सकिने 

अब इन्स्टाग्राममा पनि ९ः१६ को अनुपातमा फोटो पोस्ट गर्न सकिने 

इन्स्टाग्राममा रिल्सजस्तै गरि फिड मिल्नका लागि ठूलो खालको फोटो हाल्न मिल्ने भएको छ । अब इन्स्टाग्राम ९ः१६ को अनुपातमा पनि फोटो पोस्ट गर्न दिने भएको छ ।

अहिलेसम्म अग्लो किसिमको भिडियोहरु पोस्ट गर्न मिल्ने गर्दथ्यो तर अग्लो किसिमको फोटोलाई पनि सोही अवसर दिने भनेर इन्स्टाग्रामले यो फिचर ल्याएको हो ।

९ः१६ को अनुपात इन्स्टाग्राम स्टोरीका लागि मात्रै उपलब्ध हुने गर्दछ तर पोस्तमा यो प्रयोग गर्न मिल्दैन् थियो तर अब भने लाम्चो फोटोहरु पनि हाल्न मिल्ने भएको छ ।

म्पनीले पुनः इन्स्टाग्राममा फुल स्क्रीन इन्टरफेसको जाँच गर्ने प्रयास गरिरहेको छ । यसले टिकटकको जस्तै अनुभव दिनेछ ।