बुधबार, १९ असोज, २०७९
Wednesday, 05 October, 2022

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो अफर

असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराएको छ ।  ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

 

 

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिनेछ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुने टेलिकमले जनाएको छ । 

 

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ ।

 

 

सम्बन्धित समाचार