कीवर्डहरू -

असोज ७ गतेदेखि हाम्रोबजारको सेकेन्ड ह्यान्ड कार मेला, एकैठाउँमा ३०० बढी कार छान्न पाइने

असोज ७ गतेदेखि हाम्रोबजारको सेकेन्ड ह्यान्ड कार मेला, एकैठाउँमा ३०० बढी कार छान्न पाइने

हाम्रो बजारले दशैं अवसरमा अहिलेसम्मकै सबैभन्दा ठूलो सेकेन्ड ह्यान्ड कार मेला आयोजना गर्ने भएको छ । मेला असोज ७ गतेदेखि ९ गतेसम्म कार्निभल दरबारमार्गको अन्नपूर्ण होटलको प्राङ्गणमा आयोजना हुनेछ ।

यस मेलामा इच्छुक ग्राहकले एकै ठाउँमा सेकेन्ड ह्यान्ड कारहरू किन्न, बेच्न वा साट्न सक्ने छन्। हाम्रोबजार एप भएका सबै ग्राहकले कार्निभलमा निःशुल्क प्रवेश पाउने छन्।

ग्राहकले हाम्रोबजार सेलेक्टमा रहेका ३०० भन्दा बढी दक्ष प्राविधिक द्वारा प्रमाणित सेकेन्ड ह्यान्ड कारहरु मध्येबाट रोज्न पाउनेछन्।

हाम्रोबजार सेलेक्टमा रहेका सम्पूर्ण गाडीहरू ह्यान्डपिक्ड र दक्ष प्राविधिकद्वारा निरीक्षण गरेपछि मात्र बिक्रीका लागि राखिने हुनाले ग्राहकहरूले कार्निभलमा उपलब्ध कुनै पनि कारहरू ढुक्कसँग खरिद गर्न सक्नेछन्।

साथै कार्निभलमा इच्छुक ग्राहकहरुले गाडी खरिदका लागि फाइनान्सिङका सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।कार्निभलमा ग्राहकहरुको सुविधाका लागि अटोमोबाइलसँग सम्बन्धित विभिन्न बुथहरू पनि हुनेछन् ।

साथै कार्निभलमा विभिन्न खानेकुरा र पेय पदार्थ स्टलहरू, सांगीतिक प्रस्तुति स्ट्यान्ड-अप शो र अन्य रमाइलो गतिविधिहरू पनि समावेश गरिने छ। यो सबै रमाइलोसँगै कार्यक्रममा केही भाग्यशाली सहभागीहरूले हरेक दिन विभिन्न उपहार पनि जित्न सक्नेछन्।

यो कार्निभल मार्फत हाम्रोबजारले आफ्ना ग्राहकहरुका लागि प्रामाणित सेकेन्ड ह्यान्ड कारहरू सजिलैसँग खोज्न र खरिद गर्न मिल्ने नेपालकै सबैभन्दा ठूलो अटो शोको परिकल्पना गरेको छ।

त्यस्तै हाम्रोबजारले आफ्ना ग्राहकहरूको सुविधाका लागि भरपर्दो सेकेन्ड ह्यान्ड अटोमोबाइल बजार स्थापना गर्ने योजना पनि अघि सारेको छ।