कीवर्डहरू -

केमेस्ट्री पढाउने शिक्षकका लागि वर्कशप हुँदै, उत्कृष्ट दशलाई थाइल्याण्ड जाने अवसर

केमेस्ट्री पढाउने शिक्षकका लागि वर्कशप हुँदै, उत्कृष्ट दशलाई थाइल्याण्ड जाने अवसर

दशौं विज्ञान दिवसको अवसरमा नेपाल पोलिमर ईन्स्टिच्युटले 'स्मल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री टिचर्स इन नेपाल' कार्यक्रम आयोजना गर्ने भएको छ । सरकारी विद्यालयमा केमिस्ट्री अर्थात रशायन शास्त्र पढाउने शिक्षकलाई कार्तिक २ र ३ गते वर्कशप आयोजना हुनेछ ।

उक्त कार्यक्रममा देशभरका माध्यामिक तहका सरकारी विद्यालयमा कार्यरत रहनु भएका शिक्षक–शिक्षकाहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको यस कार्यक्रममा नास्ट, एसटिएएन, बैंगकक बैंक तथा केमिकल सोसाइटी अफ थाइल्याण्डसँगको सहकार्यमा अन्तर्राष्ट्रिय संगठन आईपीयूसीको ब्यानरमा आयोजन हुन गईरहेको छ ।

उक्त कार्यशालामा सहभागी शिक्षक–शिक्षकाहरु मध्ये उत्कृष्ट १० शिक्षक–शिक्षिकाहरु थाइल्याण्डमा गएर अझ धेरै कुरा सिकी नेपाल फर्केर, अरु–आफु जस्तै शिक्षक–शिक्षकाहरुलाई आफुले सिकेका कुराहरु सिकाउनेछन् ।

यो कार्यशालामा माध्यामिक तहमा विज्ञान विशेषतः रसायन शास्त्रको प्रयोगात्मक कक्षा कसरी कक्षा कोठामै, सानो लगानी र थोरै तथा उपलब्ध हुन सक्ने रसायनको प्रयोग गरी गर्ने भनेर सिकाइने छ ।

यसमा देश भरिबाट १०० जनालाई सहभागिता गराईनेछ । भ्याली बाहिरको सहभागीहरुको खानेबस्ने व्यवस्था आयोजकले नै मिलाउनेछन् । रेजिस्ट्रेसन १२ असोजसम्म गर्न सकिने छ । रजिस्ट्रेसन फर्म गर्न यहाँ क्लिक गर्नुहोस् ।