कीवर्डहरू -

अनर एक्स ६ नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

अनर एक्स ६ नेपाली बजारमा  सार्वजनिक, कति छ मूल्य ?

सेलट्रोन नेपालले अनर एक्स ६ नेपालमा लन्च भएको घोषणा गरेको छ। सेलट्रोन नेपाल द्वारा लन्च गरिएको अनर एक्स सिरिज (एक्स सेभेन, एक्स एट, एक्स नाइन) र अनर ५० लाईट पहिले नै बजारमा उपलब्ध छन् । आजदेखि भने अनर एक्स६ पनि एक्स सिरिज परिवारमा थपिएको हो।

विशेष ६ स्मार्ट फिचर्स भएको अनर एक्स ६ लाई किफायती मूल्यमा उत्कृष्ट एन्ट्री लेभल स्मार्टफोन मध्ये एक मानिने कम्पनीको भनाइ छ। यसका साथै सेलट्रोन नेपालले यसलाई थप आकर्षक र सस्तो बनाउन विभिन्न प्रवर्द्धनात्मक योजनाहरू ल्याएको छ ।

ती मध्ये एउटा स्कीम ३ बन्डलिङ अफर रहेको छ। यो अफर अनुसार ग्राहकले तीन मध्ये एउटा अफर छनोट गरी सस्तो मूल्यमा कम्बो उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।

पहिलो बन्डलिङ अफरमा २३ हजार ९८० मूल्य बराबरको अनर एक्स सिक्स र अनर ईयरबड्स एक्स थ्री लाईटको कम्बो मात्र रु. २०,९९० मा  पाउन सकिन्छ ।

दोस्रो बन्डलिङ अफरमा २४ हजार ९८० मूल्य बराबरको अनर एक्स सिक्स र अनर ब्याण्ड सिक्स को कम्बो मात्र  रु. २१,४९० मा पाउन सकिन्छ भने तेस्रो बन्डलिङ अफरमा ३० हजार ४७० मूल्य बराबरको अनर एक्स सिक्स, अनर ब्याण्ड सिक्स र अनर ईयरबड्स एक्स थ्री लाईटको कम्बो मात्र रु. २३,४९० मा पाउन सकिन्छ ।

प्रमोशनल अफर क्रममा १० भाग्यशाली विजेताहरूले अनर ईयरबड्स एक्स थ्री लाईट पाउने पनि कम्पनीले जनाएको छ ।