कीवर्डहरू -

सिद्धार्थ बैंकको डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्दा ४०० रुपैयाँसम्म क्यास ब्याक

सिद्धार्थ बैंकको डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्दा ४०० रुपैयाँसम्म क्यास ब्याक

सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो ।

यस योजना अन्तर्गत बैंकले ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक रु. ५०० वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यास ब्याक पाउने बताएको छ । नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यस्तो योजना ल्याइएको बैंकले जनाएको छ ।