कीवर्डहरू -

साइबर सुरक्षामा लगानी बढाउन सरकार विरूद्ध शनिबार मास्क लगाएर युवाहरूले प्रदर्शन गर्दै

साइबर सुरक्षामा लगानी बढाउन सरकार विरूद्ध शनिबार मास्क लगाएर युवाहरूले प्रदर्शन गर्दै

साइबर सुरक्षाको साक्षरता र साइबर सुरक्षामा लगानी बढाउन सरकारलाई दबाब दिन मिलियन मास्क मार्च अर्थात मास्क लगाएर शनिबार सरकारविरूद्ध प्रर्दशन हुने भएको छ ।

विशेष गरी साइबर सुरक्षामा लागेका युवाहरूको अग्रसरतामा नेपालको साइबर सुरक्षालाई बलियो बनाउन सरकार विरूद्ध मास्क लगाएर प्रर्दशन हुने भएको हो । तर यस अभियानमा इच्छुक सबै सहभागी हुन सक्ने छन् ।

दिउँसाे ३ बजेदेखि ४ बजेसम्म बसन्तपुरको मुख्य गेटबाट दरबारसम्म सबैले मास्क लगाएर लाइनमा प्ले कार्ड बोकेर प्रर्दशनी हुनेछ । प्लेकार्ड साइबर सुरक्षासँगै भ्रष्टचार र सामाजिक विषयमा बनाइने छ ।

३ महिनामै मतपत्र छापेर कर्णाली पुग्ने ? वर्षौसम्म चाहिँ किताब किन नपुग्ने’, भ्रष्टाचारीको लागि ७० करोड ? अनि साइबर सुरक्षाको लागि कति ? जस्ता नारा लेखिएका प्ले कार्ड हुने छन् ।

मिलियन मास्क मार्च साइलेन्ट प्रोटेस्ट हो । सन् २०१२ मा साइबर सुरक्षाको क्षेत्रमा परिचित एननोमस ग्रुपले लण्डन र अमेरिकाको वासिङ्टन डिसीबाट यस अभियानको सुरूवात गरेको थियो ।

मुख्य गरी भ्रष्टाचार, हिंसा लगायतका समाजका नराम्रा विकृति यस अभियानमा उठाइन्छ । हरेक वर्ष नोभेम्बर ५ मा विश्वभर मिलियन मास्क मार्च प्रदर्शनी हुन्छ ।