कीवर्डहरू -

दराज ११ः११ मा अनरको अफर, मोबाइल खरिदमा एयरबड निःशुल्क पाइने

दराज ११ः११ मा अनरको अफर, मोबाइल खरिदमा एयरबड निःशुल्क पाइने

दराज ११ः११ मा अनरको आकर्षक अफर

अनर स्मार्टफोनको आधिकारिक बिक्रेता सेलट्रन नेपालले दराज ११:११ को अवसरमा आकर्षक अफर ल्याउने भएको छ । नोभेम्बेर ११ देखि सुरु हुने हुने दराज ११:११ मा अनरले मोबाइल फोन खरिदमा आकर्षक छुट तथा उपहारको दिने भएको हो।

दराज ११:११ बाट अनरको फोन किन्दा निःशुल्क उपहार पाइने छ । अनर एक्स सेभेन, अनर एक्स एट वा अनर ५० लाइट मध्ये कुनै पनि फोन खरिद गर्दा अनर एयरवर्ड एक्सथ्री लाइट निःशल्क पाइने छ ।

यस्तै अनर एक्स नाइनको खरिदमा अनर ब्याण्ड सिक्स निःशुल्क पाइने छ । यसका साथै दरजाको यस अफर अनरले आफ्ना एक्सेसरिज खरिदमा पनि आकर्षक छुट दिएको छ ।

५ हजार ४९० रूपैयाँ पर्ने अनर एयरबड्स एक्सथ्री लाइट दराज ११ः११ मा ४ हजार४९० रूपैयाँमा पाइने छ भने ६ हजार ४९० रूपैयाँ पर्ने अनर ब्याण्ड सिक्स मात्र ५ हजार ४९० रूपैयाँ पर्नेछ ।