कीवर्डहरू -

सिमकार्ड प्रयोग गरेर अनलक हुँदै पिक्सेल मोबाइल, छिटो अपडेट गर्न गूगलको आग्रह

सिमकार्ड प्रयोग गरेर अनलक हुँदै पिक्सेल मोबाइल, छिटो अपडेट गर्न गूगलको आग्रह

पिक्सेल फोनमा भएको बगले सिम कार्ड प्रयोग गरेर फोन अनलक गरिरहेको पत्ता लागेको छ । त्यस कारण गूगलले प्रयोगकर्ताहरुलाई आफ्नो फोन छिटो अपडेट गर्न आग्रह गरेको छ ।

यस बगले तपाईको फोनको केही सिस्टम आफै चलाउन पनि सक्छ । यस बगले गर्दा प्रयोगकर्ताले राखेको फिंगरप्रिन्ट, पिन केही पनि काम गर्ने नगरेको पाइएको थियो ।

यसमार्फत ह्याकर सिधैं होमस्क्रीनमा पुग्ने गरेको पाइएको थियो । गूगलले अहिले यो सुरक्षा समस्यालाई समाधान गरिसकेको छ । यो बग भेटाउने डेभिड स्कुट्जलाई गूगलले ७० हजार डलर पुरस्कार दिएको छ ।

अहिले अपडेटको रुपमा नोभेम्बर सुरक्षा प्याच उपलब्ध भएको छ । यो प्याच गूगल पिक्सेल फोर ए र अरु नयाँ फोनका लागि उपलब्ध भएको छ ।