कीवर्डहरू -

टिकटकमा न्यूड च्यालेन्जको प्रयोग गरेर पासवर्ड चोर्दै ह्याकर

टिकटकमा न्यूड च्यालेन्जको प्रयोग गरेर पासवर्ड चोर्दै ह्याकर

ह्याकरहरुले टिकटकमा न्यूड च्यालेन्जको प्रयोग गरेर पासवर्ड चोरिरहेको पत्ता लागेको छ । यस फिचरलाई इन्भिजिबल च्यालेन्ज पनि भन्ने गरिन्छ ।

यस च्यालेन्जमा प्रयोगकर्ताहरुले इन्भिजिबल बडि भन्ने ईफेक्ट प्रयोग गरेर नाङ्गै पोज गर्ने गर्दछन् । यो ईफेक्टले प्रयोगकर्ताहरुको शरीरलाई भिडियोबाट गायब गरिदिने गर्दछ र ब्लर कन्टोर गरेको ईमेज आउने गर्दछ ।

यो फिचर टिकटकमा चर्चित रहेको छ र इन्भिजिबल फिल्टर ट्यागमा २५ मिलियन भ्यूज रहेको छ । साइबरसुरक्षा कम्पनी चेकमाक्र्सका अनुसार यी टिकटक भिडियोमा ह्याकरहरुले भाइरस हालेर पासवर्ड चोरिरहेका छन् ।

उनीहरुले इन्भिजिबल बडि भन्ने ईफेक्ट हटाइदिने भन्ने भिडियो पोस्ट गर्ने गर्दछन् र भिडियोमा सफ्टवेयर डाउनलोड गर्न भनिएको हुन्छ  र त्यस्तो गरेमा पासवर्ड चोरी हुने गर्दछ ।