कीवर्डहरू -

पब्जी विश्वकपको फाइनलमा नेपाली टिम टिटुके ई-स्पोर्ट्स र डीआरएस गेमिङ 

पब्जी विश्वकपको फाइनलमा नेपाली टिम टिटुके ई-स्पोर्ट्स र डीआरएस गेमिङ 

नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) र ट्रेन टु किल (टिटुके) ई-स्पोर्ट्स पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनलमा पुगेका छन् ।

पीएमजीसीको ग्रुप स्टेजबाट टिटुके ई-स्पोर्ट्स र लास्ट चान्स स्टेजबाट डीआरएस गेमिङ फाइनलमा पुगेका हुन् ।आईतबार भएको खेलमा १११ पोइन्ट्स जोड्दै डीआरएस गेमिङ उत्कृष्ट ५ भित्र पर्न सफल भएको थियो भने टिटुके २१४ पोइन्ट्स जोड्दै फाइनलमा प्रवेश गर्न सफल भएको थियो ।

फाइलनमा प्रवेश गर्ने टिमले कम्तिमा १ करोड रूपैयाँ प्राप्त गर्नेछन् ।  पीएमजीसीको फाइनलमा १६ वटा टिम पुगेका छन् ।

अब १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । ४८ टिमको प्रतिस्पर्धाबाट १४ टिम छनोट भएका हुन् भने थप २ टिम इन्भाइट गरिएको छ । फाइनल जनवरी ६ बाट इन्डोनेसियामा सुरू हुँदैछ ।