कीवर्डहरू -

एसईओ र्‍यांकिङ मात्रै होइन्, ब्राण्ड मार्केटिङ हो 

एसईओ र्‍यांकिङ मात्रै होइन्, ब्राण्ड मार्केटिङ हो 

एसईओ के हो ?

सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) डिजिटल मार्केटिङको एउटा रूप हो । धेरैजनालाई एसईओ भनेको गूगलमा मात्रै गर्ने हो भन्ने लाग्छ । तर सर्च इन्जिन भनेको गूगल मात्रै होइन् ।

कुनै पनि ठाउँमा गएर तपाई सर्च गर्नुहुन्छ भने त्यो सर्च इन्जिन हो । गूगल बाहेक याहू, बिङ्ग, युट्युब, अमेजन, फेसबुक वा टिकटक मा गएर पनि मान्छेले आफुलाई चाहिएको कुरा खोज्छन, त्यसैले ती सबै सर्च इन्जिन हुन्।

जब कसैलाई केही चीज चाहिन्छ तब उ सर्च इन्जिनमा खोज्न जान्छ । केही सूचना लिन सुरूमा खोज्ने भनेकै सर्च इन्जिनमा हो । अन्यन्त्र धेरै जाँदैनौं । एसईओ सुन्दा सहज लागेपनि सर्च इन्जिनमा कुनै पनि कुरा र्‍यांक गराउन २०० बढी सिग्नलमा काम गर्नुपर्ने हुन्छ ।

एउटा मात्रै चीजमा काम गरेर अप्टिमाइज हुन्छ भन्ने हुँदैन् । सबै सिग्नलमा काम गर्दा गूगलले विश्वास गर्छ । गूगलको विश्वास जितेपछि र्‍यांक हुन्छ ।

कुन कुन व्यवसायका लागि आवश्यक छ, एसईओ ?

मानिसहरू एसईओलाई र्‍याकिङ भनेर मात्रै बुझिरहेका छन् । तर एसईओ समग्रमा ब्राण्ड मार्केटिङ हो । एसईओको प्राथमिकतामा जहिले पनि कन्टेन्ट हुन्छ ।

कुनै पनि व्यवसायका लागि हामी कन्टेन्ट बनाउँछौं र त्यसलाई र्‍यांक गर्छौं । र्‍यांक भएको कन्टेन्टले प्रयोगकर्तालाई सहयोग गर्छ । एसईओले बिजनेस ग्रोथ र ब्राण्डिङमा भूमिका खेल्छ ।

अहिले नेपालमा सबै व्यवसाय अनलाईन मा जाने क्रम जारी छ। मानिसहरु पनि आफुलाई चाहिएको बस्तु तथा सेवा खोज्नको लागि सर्च इन्जिनको प्रयोग गर्छन। कोभिड पछि यो क्रम एकदमै बढ्दो छ।

विशेष गरि ई-कमर्श, आइटी, हेल्थकेयर, घरेलु सेवा (जस्तै प्लम्बर, इलेक्ट्रीसियन, मर्मतसंभार, आदि ), परामर्श सेवा, रेस्टुरेन्ट, शिक्षण संस्था, साना, मझौला देखि ठुला व्यवसायले समेत एसईओको प्रयोग गरेर आफ्नो व्यापार बढाउन सक्छन् ।

एसईओ उपयोगी नहुने कुनै व्यवसाय छन् की ?

सबै व्यवसायका लागि एसईओ उपयोगी नहुन पनि सक्छ । जस्तै डेली न्युज पोर्टलका लागि एसईओ त्यति उपयोगी नहुन सक्छ । किनभने आजको न्युजलाई अप्टिमाइज गरेर र्‍यांक गर्दा त्यो कति समयसम्म जान्छ भन्ने हुन्छ ।

मान्छेले ट्रेन्ड मात्रै पछ्याउँछन्, आजको न्युज अरू दिनमा त्यति उपयोगी हुँदैन् । त्यस्तो केसमा प्लेटफर्मलाई अप्टिमाइज गर्न सकिन्छ तर प्रत्येक न्युजलाई अप्टिमाइज गरेर र्‍यांक गर्छु  भनेर लागि पर्नु व्यावसायिक हिसाबले फाइदाजनक नहुन सक्छ।

अर्को भर्खरै सुरु गरेका स्टार्टअपको लागि पनि एसईओ उपयोगी नहुन सक्छ। स्टार्टअपहरुसँग कुर्ने समय हुँदैन र सिमित मार्केटिंग बजेट हुन्छ। आफ्नो आइडिया छोटो समयमा नै भ्यालिडेट गर्नुपर्ने बाध्यता हुन्छ।

\"\"

धेरैलाई आज एसईओ गरेपछि भोलि नै नतिजा चाहिन्छ। तर एसईओमा आजै नतिजा आउँछ भनेर ठोकुवा गर्न सकिदैन् । धेरै कुरामा भर पर्छ ।

कुनै पनि वेबसाइटको आज एसईओ गरियो भने त्यो भोलि नै र्‍यांक पनि हुन सक्छ वा १ वर्ष र्‍यांक नहुन पनि सक्छ । तसर्थ उनीहरुले वैकल्पिक मार्केटिंग च्यानल प्रयोग गर्दा राम्रो हुन्छ।

एसईओको संसारमा यो दुबै कुरा अस्तित्वमा रहन्छ । यदी प्रतिस्पर्धा नै छैन् भने त्यो आजको भोलि र्‍यांक हुन पनि सक्छ । तर धेरै प्रतिस्पर्धा छ भने र्‍यांक हुन केही समय लाग्छ ।

एसईओमा करियर बनाउन सकिन्छ ?

एसईओको भविष्य उज्जवल छ । म आफै पनि वेब डेभलपरको करिअर छोडेर एसईओमा आएको हुँ । सबै कुरा निःशुल्क नै सिकेको थिए ।

सुरूमा कोर्षहरू टोरेन्टबाट डाउनलोड गरेर सिके । त्यो बेला ट्रेनिङ इन्स्टिच्युट पनि खासै थिएनन् । अहिले पनि ट्रेनिङ इन्स्टिच्युटले दिने ट्रेनिङ त्यति अप टु डेट छन् जस्तो लाग्दैन् ।

कुनै पनि व्यक्तिलाई सुरूमै ट्रेनिङ इन्स्टिच्युट गएर सिक्नुस् भनेर भन्दिन् । ओर्का सोसल्सले पनि निःशुल्क एसईओ ट्रेनिङको कोर्ष बनाएको छ। इन्टरनेटमा धेरै कोर्षहरू निःशुल्क पाइन्छन् ।

निःशूल्क कोर्ष लिएपछि थाहा हुन्छ एसईओ मेरो लागि हो की होइन् ? हो भन्ने लाग्यो भने एसईओको इन्टर्नसीपमा जान सकिन्छ ।

इन्टर्नसीपमा एसईओको वास्तविक विश्वमा कसरी काम हुन्छ भनेर जान्ने मौका मिल्छ । सिक्दै र गर्दै जाँदा आफ्नो क्षमतामा वृद्धि हुन्छ । त्यो भन्दा माथि जान एडभान्स एसईओ ट्रेनिङ लिन सकिन्छ ।

एन्डभान्स ट्रेनिङ एसईओमा काम गरिरहेको विज्ञबाट लिन सकिन्छ । उनीहरूलाई पछ्याउन सकिन्छ । गूगलको अल्गोरिदम हरेक २-३ महिनामा परिवर्तन भइरहेको हुन्छ ।

एसईओ वर्ल्ड डायनामिक छ । एक वर्ष अगाडि लिएको कोर्षले केही समयपछि काम गर्ने वाला छैन् । एसईओ गर्न आउनु र एसईओ गरेर नतिजा ल्याउनु फरक कुरा हो ।

‘एसईओ इज डेड’ भन्ने थालेको एक दशक भइसकेको छ तर पनि एसईओमा अझै पनि काम भइरहेकै छ । एसईओ कहिले गर्दैन् । मानिस हुँदासम्म एसईओ रहन्छ, किनकी केही न केही खोजिरहनु पर्ने हुन्छ । एसईओमा जुनसुकै क्षेत्रको मानिस पनि आउन सक्छ । डिग्रीले रोक्न सक्दैन् ।

( ओर्का सोसल्स का संस्थापक थापा एसईओ विज्ञ हुन् । उनीसँग आइसिटी समाचारका लागि कमल केसीले गरेको कुराकानीमा आधारित)