कीवर्डहरू -

इन्स्टाग्राममा क्वाइट मोड र रिकममेन्डेसन कन्ट्रोल फिचर सार्वजनिक

इन्स्टाग्राममा क्वाइट मोड र रिकममेन्डेसन कन्ट्रोल फिचर सार्वजनिक

इन्स्टाग्रामले क्वाइट मोड र रिकममेन्डेसन कन्ट्रोल फिचर सार्वजनिक गरेको छ । यसले एपको माथि थप नियन्त्रण प्रदान गर्नेछ ।

इन्स्टाग्रामको नयाँ क्वाइट मोडले डु नट डिस्टर्ब सेटिंग जस्तै काम गर्ने जनाइएको छ । यो मोडमा राख्दा इन्स्टाग्रामले नोटिफिकेसन पठाउँने छैन् ।

क्वाइट मोडलाई लिनको कुनै निश्चित समयका लागि सक्रिय बनाएर पनि छोडिदिन सकिनछ जुसले गर्दा त्यो समयावधी भरि इन्स्टाग्रामले कुनै पनि नोटिफिकेसन पठाउँदैन् ।

यतिमात्रै नभएर तपाईलाई कसैले मेसेज गर्न खोजेमा पनि अटोमेटिक रुपमानै तपाई व्यस्त हुनुहुन्छ भनेर इन्स्टाग्रामले मेसेज पठाइदिने गर्दछ ।

क्वाइट मोड सकिएपछि इन्स्टाग्रामले तपाईको नोटिफिकेसनहरुलाई सारांश गरे प्रस्तुत गरिदिने गर्दछ । कम्पनीले बालबालिकाले राति ढिलोसमयसम्म फिड स्क्रोल गरिरहेको थाहापाएमा पनि यो मोड सुचारु गर्न प्रोत्साहित गर्ने गर्दछ ।

यति मात्रै नभएर इन्स्टाग्रामले फोटा तथा भिडियोलाई नियन्त्रण गर्नका लागि पनि फिचर सार्वजनिक गरेको छ । अब एपलाई कस्तो विषयको सामाग्री तपाईले हेर्न चाहनुहुँदैन् भनेर बताउन पनि सकिने छ ।

एक्सप्लोर ट्याबमा गएर विभिन्न ट्याबहरुलाई छनोट गरेर नट इन्ट्रेस्टेड क्लिक गरी सो विषयहरुमा कन्टेन्ट नहेर्न सकिने छ ।