कीवर्डहरू -

६००० एमएएच ब्याट्री भएको अनर एक्स ७ ए चाँडैनै नेपाली बजारमा सार्वजनिक हुने

६००० एमएएच ब्याट्री भएको अनर एक्स ७ ए चाँडैनै नेपाली बजारमा सार्वजनिक हुने

सेल्ट्रन नेपालले अर्को पनि मिडरेन्ज स्मार्टफोन, अनर एक्स ७ ए बजार मा ल्याउने तयारी गर्दै छ । ६ जिबी र्याम र १२८ जिबी रोमको साथमा रहेको अनर एक्स ७ ए जानवरी २३ देखि नेपाली बजारमा उपलब्ध हुनेछ ।

अनर एक्स ७ एमा ६००० एमएएच ब्याट्री निहित रहेको छ जसले लामो समयसम्म चल्ने र चिन्तामुक्त प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । डिएक्सओमार्क स्मार्टफोनहरूको लागि गुणस्तर परीक्षण संस्थानले पनि अनर एक्स ७ एलाई ३.५ दिनको ब्याट्री सहित को यसको ब्याट्री दक्षता लाई प्रमाणित पनि गरेको छ ।

अनर एक्स ७ एको पछाडि रहेको क्वाड क्यामेरा सेटअप मा प्राइमरी क्यामेराले ५० एमपी प्रयोग गर्दछ, यसलाई जोडेर ५ एमपी अल्ट्रावाइड, २ एमपी गहिराइ र २ एमपी म्याक्रो क्यामेरा हुन्छ । अगाडि पक्षमा, यसमा पोर्ट्रेट, फिल्टर, र सेल्फी मिररिङ, टाइम–ल्याप्स शूटिङ सुविधाहरू सहित ड एमपी क्यामेरा रहेको छ ।

यसको प्रोसेसरको बारेमा कुरा गर्नुपर्दा, यो स्मार्टफोन मिडियाटेक हेलियो जि ३७ द्वारा संचालित छ । स्टोरेजको सन्दर्भमा, अनर एक्स ७ एमा १२८ जिबी कन्फिगरेसन छ, जसलाई तपाइ ले यसको माइक्रोएसडी कार्ड स्लट प्रयोग गरेर १ टेराबाईट  सम्म विस्तार गर्न सक्नुहुनेछ ।

यसमा १६०० ७२० पिक्सेल रिजोल्युसन, ९०.०७ प्रतिशत स्क्रीन टू बडि अनुपात, १६.७ मिलियन रङहरू रहेको छ । यसबाहेक, ९० हर्ज रिफ्रेस रेटले प्रयोगकर्ताहरूलाई सहज कुनै अवरोध बिना स्क्रोल गर्न सकिने बनाउँछ ।

१९६ ग्राम तौल रहेको यस फोन को मोटाई ८.२७ मिलिमिटर रहेको छ साथै टाइटेनियम  सिल्भर, ओशन ब्लू र मिडनाइट ब्ल्याक गरि तीनवटा सुन्दर रंगहरूमा यो स्मार्टफोन उपलब्ध छ ।

अनर एक्स ७ एको अन्य उल्लेखनीय विशेषताहरूमा ब्लुटुथ ५.१, रियर माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर, युएसबीसी, डुअल सिम, एन्ड्रोइड १२ ओएस मार्फत म्याजिक यूआइ ६.१ समावेश छन् ।

रु. २२९९० मूल्य रहेको अनर एक्स ७ ए आधिकारिक रूपमा जनवरी २३ देखि नेपालभर उपलब्ध हुनेछ । खरिदकर्ताहरूले यसलाई अनलाइन प्लेटफम दराज र अफलाइन रिटेल स्टोरहरूबाट पनि प्राप्त गर्न सक्नेछन् ।