कीवर्डहरू -

हल्ट प्राइज आईओईको पिचिङ कला बारे चौथो टक सिरिज सम्पन्न 

हल्ट प्राइज आईओईको पिचिङ कला बारे चौथो टक सिरिज सम्पन्न 

हल्ट प्राइज आईओईले पिचिङ कला सम्बन्धि उद्यमशीलता टक सिरिजको चौथो शत्र समापन गरेको छ । पिचिङलाई कसरी रचनात्मक र प्रभावकारी बनाउने उक्त शत्रमा जानकारी दिइएको थियो ।

चौथो टक सिरिजमा वक्ताको रूपमा अभिविन्द खाँनिया र इच्छा मल्लको उपस्थिति रहेको थियो । दुबै जनाले पिचिङ कसरी राम्रो, रचनात्मक, विश्वसनीय र प्रभावकारी बनाउने भनाइ राखेका थिए ।

हल्ट प्राइज भनेको उत्तम व्यवसायिक विचार खोज्ने प्रतिस्पर्धा मात्र होइन तर त्यो विचारलाई पिच गर्न र यसलाई वास्तविकता बनाउन आवश्यक सीपहरू सिक्ने र सुधार गर्ने अवसर भएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई मस्तकला, एम सेक्युरिटी, दराज, एन्एम्बी क्यापिटल, प्रोटोजोआहोस्ट, इन्ट्रान्स क्याफे, इम्प्याक्ट हब, टास्केड र ‘डिजिटल ओसन सहयोग रहेको छ ।