कीवर्डहरू -

आफ्नो पहिलो ट्याबलेट सार्वजनिक गर्दै वानप्लस

आफ्नो पहिलो ट्याबलेट सार्वजनिक गर्दै वानप्लस

वानप्लसले आफ्नो पहिलो ट्याबलेट सार्वजनिक गर्ने भएको छ । आगामी महिना वानप्लस ट्याबलेट आधिकारिक रुपमा सार्वजनिक हुने भएको छ । हालै ट्याबलेटको आधिकारिक इमेज पनि सार्वजनिक भएको छ र यसको रंग ह्यालो ग्रीन देखिएको छ ।

यो ट्याबलेट वानप्लस ११ ५ जी र बड्स प्रो २ सँगै फेब्रुअरी ७ को कार्यक्रममा सार्वजनिक हुने भएको छ । यस ट्याबलेटमा बिचतिर रियर क्यामेरा रहेको छ र यस फोनको बिचको भाग बनाउनका लागि एल्मुनियम एलोइ प्रयोग गरिएको छ ।

ट्याबलेट थप कुन रंगमा आउँछ वा यसको मूल्य कति पर्नेछ भनेर अझै जानकारी आएको छैन् । योसँगै गूगलले पनि दुई ओटा पिक्सेल ट्याबलेटहरु सार्वजनिक गर्ने भएको छ ।