कीवर्डहरू -

भिभोको वाई ०२ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?

भिभोको वाई ०२ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?

अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले भिभोले वाई सिरिजमा नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरूलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरू प्रदान गर्ने कम्पनीको दाबी छ ।

वाई ०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५ हजार एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्‍याम प्लस ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोनको मूल्य  १२ हजार ४९९ तोकिएको छ ।

वाई ०२ मा ६.५१ इन्चको एजडी प्लस डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ ।

यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ ।

वाई०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ, जसले प्रयोगकर्ताहरूको  क्यामेरा अनुभवलाई सुधार गर्ने कम्पनीको विश्वास रहेको छ ।