साइबर क्षेत्रमा नेपालको अवस्था कमजोर छ, सेनाको डेटा डार्क वेबमा पुगेको छः आरजु राणा
.jpeg)
नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डेटा टर्कीको डार्क वेबमा पुगेको बताएकी छन् ।
मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
आर्मीको सबै डेटा टर्कीको डार्क वेबमा पुगेको जानकारी पाएको बताउँदै उनले साइबर सुरक्षाको क्षेत्रमा नेपाल कमजोर रहेको टिप्पणी गरिन् । टर्की पुगेको डेटामा व्यक्तिगत इमेल बाहेक अरू इमेल नभएको उनको भनाइ छ ।
भोलि सुरक्षा लगायका इमेल डार्क वेबमा उपलब्ध भए त्यो हाम्रो देशका लागि सुरक्षित हुन्छ ? भन्दै उनले प्रश्न गरिन् ।