कीवर्डहरू -

टिकटकले सार्वजनिक गर्याे किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने फिचर

टिकटकले सार्वजनिक गर्याे किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने फिचर

टिकटकले अटोमेटिक रुपमै किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने भएको छ । टिकटकले नयाँ सेटिंग ल्याएर किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने भएको  हो ।

कम्पनीले डिफल्ट रुपमा १८ वर्ष मुनिका किशोरकिशोरीको स्क्रीन समय एक घण्टामा सिमित गरिदिने भएको छ । एक घण्टापछि पनि किशोरकिशोरीहरुले टिकटक चलाउन सकनेछन् तर यसका लागि पासकोड हालनुपर्छ । यसले गर्दा मैले धेरै समय एप चलाइसके भनेर याद हुने टिकटकको विश्वास रहेको छ ।

टिकटकले १०० मिनेटको सिमा पार गरेमा फेरि एप बन्द गर्न सम्झाउँछ र स्क्रीन समयलाई सिमित गर्न आग्रह गर्नेछ । स्क्रोल गर्दागर्दै समय बितेको थाहा नपाउनेहरुका लागि यो फिचर उपयोगी हुनेछ ।

टिकटकमा रहेको बालबालिका केन्द्रित फ्यामिली प्येरिङ फिचर मार्फत टिकटकमा के कस्तो भिडियो आफ्नो बालबालिकाले हेरिरहेका छन् भनेर पनि बुझ्न सकिन्छ ।