कीवर्डहरू -

मेट्रो सुपर मार्केटमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट

मेट्रो सुपर मार्केटमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट

मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अबसरमा छुट अफर सार्वजनिक गरिएको छ । जसअनुसार एससीटी नेटवर्कले उक्त सुपर मार्केटसँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको हो ।

छुट अफर अन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरि स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रू. १०० सम्म प्रति कारोबार र अफर अबधि भर रू. ३०० सम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा सो छुट लिन सक्ने कम्पनीले जनाएको छ ।