कीवर्डहरू -

नेपाल टेलिकमले भन्यो, ‘हामीले फ्रि कल उपलब्ध गराइरहेका छैनौं, सचेत रहनुहोला’

नेपाल टेलिकमले भन्यो, ‘हामीले फ्रि कल उपलब्ध गराइरहेका छैनौं, सचेत रहनुहोला’

नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइन लगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएको छ ।

नेपाल टेलिकमले एक जरूरी सूचना प्रकाशित गर्दै यो गलत भएको र यसप्रति सचेत रहन हार्दिक अनुरोध गरेको छ ।

विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकमार्फत उपलब्ध हुने कल बाहेक नेपाल टेलिकमले अन्य कुनैपनि प्रकारको फ्रि कल उपलब्ध नगराएको टेलिकमले स्पष्ट पारेको छ ।

कम्पनीको आधिकारिक वेबपेज, एप, ब्लु टिकसहितको आधिकारिक फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई आधार मानेर त्यसै अनुसार कम्पनीका सेवाहरुको बारेमा अद्यावधिक हुन समेत टेलिकमले अनुरोध गरेको छ ।

\"\"