आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

डिजिटल संवाद फेलोशिप प्रदान गर्दै आइसिटी फाउन्डेसन नेपाल, यसरी दिनुहोस् आवेदन

आइसिटी फाउन्डेसन नेपालले डिजिटल संवाद फेलोशिप प्रदान गर्ने भएको छ । फाउन्डेसनले नेपालको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यसहित फेलोशिप प्रदान गर्ने भएको हो । 

फेलोशिपको अनलाइन आवेदन खुला भएको छ । फेलोशिपमा सूचना प्रविधिमा रूची भएका व्यक्ति, आईटी प्रोफेसनल, मिडिया पर्सन, स्थानीय तहका सूचना प्रविधि अधिकृतले आवेदन दिन सक्ने छन् । 

फेलोशिपमा सातै प्रदेशबाट १-१ जना युवालाई  छनौट गरिने छ । छनौट भएका फेलोहरूले आफ्नो प्रदेशको डिजिटल अवस्था बारे रिसर्च गर्नुपर्नेछ । 

यसका साथै प्रदेशमा आयोजना हुने डिजिटल संवादमा र काठमाडौंमा आयोजना हुने २ दिने डिजिटल नेपाल कन्क्लेभ २०२३ मा सहभागी भएर योगदान दिनुपर्ने फाउन्डेसनले जनाएको छ ।  

डिजिटलमा चासो भएका युवाहरूलाई आफ्नो समुदायमा सकारात्मक परिवर्तनका लागि इम्पावर गर्ने उद्देश्यले डिजिटल संवाद फेलोशिप प्रदान गर्न लागेको आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । 

फेलोहरूले आइसिटी फाउन्डेसनले गर्ने विभिन्न कार्यक्रममा आफ्नो क्षेत्रबाट नेतृत्व लिने, प्रतिनिधित्व गर्ने र सहकार्य गरेर काम गर्नुपर्ने फाउन्डेसनको भनाइ छ ।

प्रविधिमा रूची राख्ने युवाहरूलाई विशेष प्राथमिकता दिइने छ ।  यदी तपाई पनि नेपालको डिजिटल रूपान्तरणमा योगदान दिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी थप जानकारी लिन र अनलाइन आवेदन दिन सक्नुहुनेछ । 

फाउन्डेसनले सातै प्रदेशमा डिजिटल संवाद आयोजना गरेर प्रदेशको डिजिटल अवस्था बारे पुस्तक समेत प्रकाशन गर्ने योजना बनाएको छ । उक्त पुस्तक डिजिटल नेपाल कन्क्लेभ २०२३ मा सार्वजनिक गरिनेछ । 


 

सम्बन्धित समाचार