कीवर्डहरू -

साओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग

साओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग

नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी ललितपुरको गोदावरीमा रहेको बाल आश्रम हो ।

साओमीले आफ्नो व्यापारिक उत्पादन तथा सन्चालनसँग मिल्दोजुल्दो क्षेत्रहरूमा योगदान दिदै समुदायको विकासमा योगदान गर्दै आएको छ ।

साओमीले समुदायमा सकृय रुपमा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा सोसाइटीलाई २०० भन्दा बढी स्कूल ब्याग, स्टेशनरी सामानहरु, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको हो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पाण्डेले यी संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेको जनाइएको छ ।

यसबारे साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले यसबाट सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्ने उद्देश्य रहेको बताए ।