कीवर्डहरू -

न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस सम्पन्न, यी हुन् अवार्ड पाउने स्टार्टअप ?

न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस सम्पन्न, यी हुन् अवार्ड पाउने स्टार्टअप ?

न्यू बिजनेश एज प्रालिले आयोजना गरेको ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ सम्पन्न भएको छ । कम्पनीले वर्षका उत्कृष्ट स्टार्टअप र इमर्जिङ स्टार्टअपलाई ट्रफी र प्रमाणपत्रसहित सम्मान गर्दै  न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस सम्पन्न भएको हो ।

यस वर्ष बेस्ट स्टार्ट अप अफ द इयर २०२३ बाट डक्टरस अन कल, ईडिजिटल नेपाल, फोकस वन (मोको), सजिलो सेवा, इन्ग्रेल्स (वेद) सम्मानित भएका छन् ।

त्यस्तै इमरजिङ स्टार्ट अप अफ द इयर २०२३ बाट डेलिस डेरी (ग्रीक योगर्ट), इन्सपाइरिङ वुमन लिड अफ द इयरबाट डिजिटल एज नेपाल र स्टार्टअप स्केल अवार्डबाट फूडमान्डू सम्मानित भएका छन् ।

प्राप्त आवेदनमध्येबाट उत्कृष्ट स्टार्टअपलाई शुक्रबार न्यू बिजनेश एज प्रालिले सम्मान गरेको हो । निर्णायक मण्डलमा टेन्जेन वेभ्सका संस्थापक सुमन शाक्य, बिटिजेट मिडियाका सह-संस्थापक जुना माथेमा, टिम भेञ्चर्सका सीईओ तेन्जिन सोनाम सोन्सार रहेका थिए ।

३ जना निर्णायक मण्डलको टोलीले स्टार्टअपको मिसन, भिजन, भ्यालु प्रपोजिसन, बजार पहिचान, टिम कम्पोजिसन, क्यालिवर, इन्नोभेसन/यूएसपी/डिस्ट्रप्सन, ट्रयाक्सन टू डेट, स्केलएबिलिटी र प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग तथा क्रियशनलगायतको मूल्यांकनको आधारमा छनौट गरेको हो ।

विजेताले रिगो टेक्नोलोजिजबाट १-१ लाख बराबरको निःशुल्क क्रेडिट भौचर पाएका छन् । उक्त क्रेडिट नेक्स्ट जेनेरेसन रिगो मानव संसाधन र रिगो अकाउन्टिङ सफ्टवेयरमा प्रयोग गर्न सकिन्छ ।