कीवर्डहरू -

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट

नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९र८० को वैशाख मसान्तसम्म २ हजार ९५५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

गत आवको सोही अवधिमा १ हजार ५५१ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो। गत आर्थिक वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १ हजार ४०४ यूनिट आर्थत ९०.५२ प्रतिशतले इलेक्ट्रिक कार (ईभी)नेपाल भित्रिएका छन्।

चालु आवको पहिलो १० महिना ८ अर्व ४१ करोड ६४ लाख ११ हजार रुपैयाँको इलेक्ट्रिक कार आयात भएको छ। इलेक्ट्रिक मार्फत सरकारले २ अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोठ ६८ लाख ३ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार नेपाल भित्रिएका थिए।

नेपालमा १०० किलोवाट क्षमताका ८ अर्ब ९ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको २ हजार ८८२ यूनिट इलेक्ट्रिक कार आयात भएका छन्।

यस्तै १०० देखि २०० किलोवाट क्षमताका २७ करोड ५८ लाख ६७ हजार रुपैयाँ बराबरको ६६ यूनिट इलेक्ट्रिक कार भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

साथै २०० देखि ३०० किलोवाट क्षमतका ४ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको ७ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

नेपालमा चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र अमेरिका सहित ५ ओटा मुलुकबाट इलेक्ट्रिक कार आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।

नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक कार भारतबाट आउने गरेको देखिन्छ। भारतबाट ५ अर्ब ३२ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको १ हजार ९६८ यूनिट इलेक्ट्रिक कार आएको छ।

चीनबाट २ अर्ब १३ करोड ३१ लाख रुपैयाँ बराबरको ७१० यूनिट इलेक्ट्रिक कार भित्रिएको छ।

दक्षिण कोरियाबाट १ अर्ब ४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको ७० यूनिट इलेक्ट्रिक कार आएको विभागको तथ्यांकमा देखिन्छ।

अमेरिकाबाट २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको ४ यूनिट इलेक्ट्रिक कार नेपाल आएको छ।

इन्डोनेसियाबाट ६४ लाख ६ हजार रुपैयाँ बराबरको ३ यूनिट इलेक्ट्रिक कार नेपाल ल्याइएको छ ।