कीवर्डहरू -

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई ७ दिने वर्कशप, निशुल्क सहभागी हुन सकिने

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई ७ दिने वर्कशप, निशुल्क सहभागी हुन सकिने

सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू लक्षित गरि सूचना प्रविधि (आईटी) बारे जानकारी दिन एक साता लामो वर्कशप आयोजना गर्ने भएको छ ।

वर्कशप मे २८ देखि जुन ३ सम्म चल्ने कलेजले जनाएको छ । कक्षा १२ का विद्यार्थीहरू यतिखेर वार्षिक परीक्षा दिएर नतिजाको पर्खाइमा छन् । उनीहरूलाई लक्षित गरि वर्कशप आयोजना गर्न लागिएको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

वर्कशपमा आईटी विषयमा अध्ययन गरिरहेका मात्र नभई अन्य विषयमा अध्ययन गरेकाहरू समेत सहभागी हुन सक्नेछन् ।

स्नातक तहमा जुनसुकै विषयमा अध्ययन गर्ने सोच बनाएको भएपनि यो वर्कशपमा सहभागी हुँदा आइटीसम्बन्धी ज्ञान पाइने कलेज प्रमुख पौडेलको भनाइ छ ।

वर्कशप आइटीका लागि मात्र नभई अन्य जुनसुकै क्षेत्रमा काम गर्नका लागि सहयोग सिद्ध हुने कलेजको विश्वास छ  ।
सहभागीताका लागि विद्यार्थीहरूले लिंक ( https://forms.gle/ATa9Q8doaRAUjE4Y7)मा क्लिक गरि रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ ।

सूचना प्रविधिसम्बन्धी विद्यार्थीहरूको बढ्दो चासो थप उजागर गर्न तथा यस क्षेत्रमा करिअर शुरू गर्नका लागि वर्कशपले सहयोग गर्ने कलेजले जनाएको छ । विद्यार्थीहरूका लागि यो वर्कशप निशुल्क हुने छ ।

वर्कशपको सात दिनसम्म सूचना प्रविधिसँग सम्बन्धित विभिन्न फरक विषयवस्तुमा प्रशिक्षण गरिने कलेजले जनाएको छ । विद्यार्थीहरूले दिउँसो २:३० देखि ४ बजेसम्म वर्कशपमा सहभागी हुनुपर्नेछ ।

नेपालको प्रतिष्ठित सफ्टेड ग्रुप अफ कम्पनी अन्तर्गत रहेको यस कलेजले विद्यार्थीहरूको क्षमता विकास तथा अवसर सिर्जनाका लागि विविध कार्यक्रमहरू गर्दै आइरहेको छ ।

सोही कार्यक्रम जस्तै यस पटक कलेजले विद्यार्थीहरूका लागि सूचना प्रविधिमा थप क्षमता अभिवृद्धि होस् भन्ने हेतुले यो वर्कशप आयोजना गरेको हो ।