कीवर्डहरू -

डेटा फेलोशिपका लागि आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

डेटा फेलोशिपका लागि आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

कोड फर नेपालले डेटा फेलोशिप २०२३ का लागि आवेदन खुला गरेको छ । डेटा सीप प्रदान गर्ने उद्देश्यले कोड फर नेपालले डेटाक्याम्पसँगको सहकार्यमा डेटा फेलोशिपको जुन एडिसनका लागि आवेदन आह्वान गरेको हो ।

फेलोशिपका लागि सातै प्रदेशका युवा तथा प्रोफेसनलले आवेदन दिन सक्ने छन् । संस्थाले मधेश प्रदेश र कर्णाली प्रदेशका युवालाई यो अवसरको फाइदा लिन समेत विशेष आग्रह गरेको छ ।

स्वदेश तथा विदेश जहाँ बाट भएपनि फेलोशिपका लागि आवेदन सकिने कोड फड नेपालले जनाएको छ । डेटा र एआई सम्बन्धि ज्ञान विस्तार गर्न र आफ्नो व्यवसायिक यात्रालाई थप अगाडि बढाउन फेलोशिप दिन लागिएको बताइएको छ ।

आगामी जुन २९ तारिखसम्म आवेदन दिन सकिने छ । आवेदन दिएपछि संस्थाले शर्टलिष्ट गर्नेछ । शर्टलिष्ट भएका मात्रै अन्तर्तवातामा सहभागी हुन पाउने छन् । फेलोशिप १५० जनालाई दिइने छ । यदी तपाई पनि डेटा फेलोशिपमा आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

फेलोशिपमा छनौट भएपछि डेटाक्याम्पको सब्सक्रिप्सन, प्रमाणपत्र, करियर अवसर, नेटवर्किङ, ओपन सोर्स प्रोजेक्ट, कोड फर नेपाल कम्युनिटीको हिस्सा लगायतका सुविधा पाइने छ ।

डेटाक्याम्प अनलाइन लर्निङ प्लेटफर्म हो, जहाँ डेटा साइन्स र एआई सम्बन्धि विभिन्न अनलाइन कोर्षहरू छन् ।