कीवर्डहरू -

६० हजार बढी एन्ड्रोडइ एपमा मालवेयर, कतै तपाईको फोनमा त छैन् ?

६० हजार बढी एन्ड्रोडइ एपमा मालवेयर, कतै तपाईको फोनमा त छैन् ?

हजारौँ एन्ड्रोइड एपहरुमा एडवेयर फेला परेको छ । साइबर सुरक्षा कम्पनी बिटडिफेनडरले कम्तीमा पनि ६० हजार एन्ड्रोइड एपहरुमा मालवेयर रहेको फेला पारेको छ ।

यस्ता एडवेयर भएका एपले दिक्कदार वा ठग्ने किसिमको विज्ञापनहरु देखाउने गर्दछ । यो एडवेयर अटोमेटिक रहेकाले ठूलो क्षेत्रफलमा यसले प्रभाव पारिरहेको साइबर सुरक्षा विज्ञहरुले फेला पारेका छन् ।

यस्ता एडवेयर भएका एप आधिकारिक एप स्टोरमा भने पाइदैनन् । तर यी एपमा प्लेस्टोरमा रहेको आधिकारिक एप जस्तै देखिने गर्दछन् ।

तल रहेका केही फिचर देखाएर ह्याकरहरुले प्रयोगकर्ताहरुलाई यी एपहरु डाउनलोड गर्नलाई वाध्य बनाउने गरेका छन् ।

यसमा गेम क्रयाक, नयाँ फिचर अनलक गरिएको गेमहरु, निःशुल्क भिपिएन, फेक भिडियो, नेटफिल्क्स, विज्ञापन बिनाको टिकटक वा यु्ट्युब, झुठो सुरक्षा तथा युटिलिटी प्रोग्रामहरु आदि ।

यी सुविधाहरु देखेर प्रयोगकर्ताहरु यी एप इन्स्टल गर्न रुचाउँछन् जसका कारण एडवेयरबाट डिभाइस संक्रमित हुन सक्छ । यो मालवेयर कम्तिमा पनि अक्टोबर, २०२२ देखि सक्रिय रहेको छ ।