कीवर्डहरू -

स्पटीफाईमा अब समूहमा पनि अडियो सुन्न सकिने

स्पटीफाईमा अब समूहमा पनि अडियो सुन्न सकिने

अब वेब प्रयोगकर्ताले ग्रुपमै बसेर स्पटीफाइमा गीत सुन्न सक्नेछन् । यो समूह शत्र सुविधा स्पटिफाइको प्रिमियम ग्राहकहरुका लागि ल्याइएको हो ।

यो नयाँ अपडेट स्पटिफाइको वेब प्रयोगकर्ताहरूको लागि पनि रोल आउट भइरहेको छ । रेडइटमा, एक प्रयोगकर्ताले स्पटिफाइको यो सुविधाको बारेमा नयाँ अपडेट दिएका हुन् ।

यो सुविधाको मद्दतले धेरै प्रयोगकर्ताहरूसँग संयुक्त रुपमा गीत सुन्न सकिन्छ । यसमा, धेरै प्रयोगकर्ताहरूले एकै समयमा एउटै प्लेलिस्ट सुन्न सक्छन् । यो सँगै ग्रुपमा भएका सबै प्रयोगकर्ताहरूले प्लेब्याक र भोल्युम नियन्त्रण पनि गर्न सक्छन् ।

स्पटीफाइको डेस्कटप प्रयोगकर्ताहरूको लागि नयाँ प्रयोगकर्ता इन्टरफेस पनि ल्याइएको गरिएको छ । प्रयोगकर्ताहरूलाई आकर्षित गर्न, स्पटिफाइले नयाँ डेस्कटप संस्करण पनि रोल आउट गर्न थालेको छ ।

कम्पनीले प्रयोगकर्ताहरूको लागि “योर लाइब्रेरी“ र “नाऊ प्लेयिङ“ जस्ता विकल्पहरूको इन्टरफेसमा परिवर्तन गरेको छ । यो परिवर्तन मोबाइल एपहरूमा प्रयोगकर्ताहरूलाई डेक्स्टप अनुभव दिनको लागि गरिएको हो ।

हालको एक रिपोर्ट अनुसार स्पटिफाइले आफ्ना प्रयोगकर्ताहरूका लागि अडियो र भिडियो सुविधा ल्याउने प्रक्रियामा काम गरिरहेको छ ।

यदि यसो भयो भने, स्पटिफाइ टिकटक र  युट्युब जस्ता लोकप्रिय प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्न अगाडि आउन सक्ने अनुमान गरिएको छ ।