कीवर्डहरू -

युट्यबुले हटाउँदै सस्तो प्रिमियम सेवा

युट्यबुले हटाउँदै सस्तो प्रिमियम सेवा

गुगलको स्ट्रिमिङ सेवा अर्थात युट्युबले सस्तो विज्ञापन–रहित प्रिमियम लाइट योजना हटाएको छ । यस वर्षको अक्टोबर २५ पछि प्रिमियम लाइटको सुविधा नदिने जानकारी युट्युबले दिएको हो ।

युट्युबले यो कम मूल्यको सदस्यता योजना केही चयन गरिएका देशहरूमा परीक्षण गरेपछि सुरु गरेको थियो । अब कम्पनीले यो प्रिमियम लाइट प्लान हटाउने तयारी गरिरहेको छ ।

युट्युबले आफ्ना ग्राहकहरूलाई यस वर्षको अक्टोबर २५ पछि प्रिमियम लाइटको सुविधा नदिने जानकारी दिँदै इमेल पठाएको छ । इमेलमा अक्टोबर २५, २०२३ पछि प्रिमियम लाइट संस्करण प्रदान गर्दैनौँ भनेर लेखिएको छ ।

ग्राहकहरुका लागि यो निराशाजनक खबर भएपनि कम्पनीले प्रिमियम लाइटका विभिन्न संस्करणहरुमा काम गरिरहने जनाएको छ । युट्युबको प्रिमियम लाइट योजनाको मूल्य ७.३९ डलर राखिएको छ ।

यो योजना पहिलो पटक २०२१ मा बेल्जियम, डेनमार्क, फिनल्याण्ड, लक्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे र स्वीडेनलगायत चुनिंदा युरोपेली देशहरूमा प्रस्तुत गरिएको थियो ।

प्रिमियम लाइटका विद्यमान ग्राहकहरूले छिट्टै विज्ञापनसहित आउने युट्युब योजनामा स्तरवृद्धि गर्नुपर्नेछ । यो परिवर्तन युट्युब प्रिमियमले पहिलो पटक आफ्नो व्यक्तिगत योजनाहरूको मूल्य वृद्धि गरेको केही हप्तापछि आएको हो । यस योजनाको मूल्य अब प्रति महिना १३.९९ डलरमा सुरु हुनेछ ।