कीवर्डहरू -

कोरोनाको लागि गृह मन्त्रालयले सुरु गर्यो \'एकीकृत सूचना तथा क्वारेन्टाइन अनुगमन प्रणाली\'

एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि मात्रै प्रवेशको अनुमति मिल्ने बताइएको छ । आपत्कालीन अवस्थामा फोन नचल्दा पनि एपमार्फत सहयोग लिन सकिनेछ

कोरोनाको लागि गृह मन्त्रालयले सुरु गर्यो \'एकीकृत सूचना तथा क्वारेन्टाइन अनुगमन प्रणाली\'

कोभिड–१९ को बारेमा आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिने र मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन गर्ने सूचना प्रणाली गृह मन्त्रालयले सोमबारदेखि शुरु गरेको छ । मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी एप सञ्चालनमा ल्याएको छ । क्वारेन्टाइनमा रहेको मानिसहरुलाई उक्त एप्सले त्यसको निगरानी गर्नेछ भने को कस्तो अवस्थामा रहेका छन भन्ने केन्द« र सम्वन्धित निकायमा जानकारी दिनेछ ।


यसैगरी गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘ कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ मा हरेक प्रदेश र जिल्लाका तथ्यांकहरु पनि उपलब्ध गराइएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालनमा ल्याएको वेबसाइटमा विभिन्न क्वारेन्टाइनमा रहेका व्यत्तिहरुको सख्या र अवस्थाको जानकारी लिन सकिन्छ ।

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालनमा ल्याएको वेबसाइटमा विभिन्न क्वारेन्टाइनमा रहेका व्यत्तिहरुको सख्या र अवस्थाको जानकारी लिन सकिन्छ ।


सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सो वेबसाइट लगइन गरेर सञ्चालनमा ल्याएका हुन । मन्त्री थापाले सो सूचना प्रणालीले विपद्को सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस प्रणाली मार्फत केन्द«बाटै कोरोना प्रभावित क्षेत्र र क्वारेन्टाइनको अवलोकन गरि आवश्यक योजना र संयन्त्र परिचालन गर्न सकिने उनको भनाई थियो ।


मन्त्रालयले जारी गरेको वेबसाइटमा मुलुकका ७७ वटै जिल्लाका राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट तथ्यांक प्रविष्ट गरी दैनिक विवरण अपडेट हुने छ । त्यहाँ मानिस क्वारेन्टाइनमा कति छन् ? कति जनाको स्वाब नमूना लिइएको छ । संक्रमित कति फेला परे, कति जना उपचारपछि फर्किए, एम्बुलेन्स कहाँ कति छन् ? सुरक्षा निकायको अवस्था के कस्तो भन्ने समेत जानकारी लिन सकिन्छ ।


प्रदेश र जिल्ला तहको अवस्था बारेमा पनि त्यहीँबाट जानकारी लिन सकिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विवरण अपडेट हुनेबित्तिकै स्वचालितरुपमा उक्त वेबमा पनि विवरण अपडेट हुने गरी प्रविधिको प्रयोग गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कोबडी एप्स प्रयोगमा आएपछि मानिस क्वारेन्टाइनबाट निस्कने बित्तिकै सम्बन्धित कार्यालयमा सूचना प्राप्त हुने भएकाले तत्कालै एक्सन लिन सकिन्छ । एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि मात्रै प्रवेशको अनुमति मिल्ने बताइएको छ । आपत्कालीन अवस्थामा फोन नचल्दा पनि एपमार्फत सहयोग लिन सकिनेछ । आफूलाई ज्वरो आयो, कुनै लक्षण देखियो वा केहि समस्या भयो भने एप्सबाटै जानकारी पठाउन सकिने मन्त्रालयले जनाएको छ ।


निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि एप्स प्रयोग गरिन्छ । त्यसलाई एक्टिभेट गर्न विशेष कोड हुन्छ । सोमबारदेखि नै काठमाडौँ, भक्तपुर, बाग्लुङ, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग गरिएको जनाइएको छ ।

\"\"


यस अघि स्वास्थ मन्त्रालयले सम्भाव्य लक्षणको आधारमा कारोना संक्रमणको अवस्था मुल्यांकन गर्न मिल्ने वेबसाइट तथा एप सञ्चालनमा छ । स्वास्थ मन्त्रालयको वेबसाइट तथा एपबाट अहिलेसम्म १२ हजारबढिले कोरोनको स्व परिक्षण गरेका छन भने एकसयभन्दा बढिलाई निगरानीमा राखिएको छ ।