कीवर्डहरू -

आजको डिजिटज संवादमा डिजिटल पेमेन्टको भविश्वको बारेमा चर्चा हुदै

आजको डिजिटज संवादमा डिजिटल पेमेन्टको भविश्वको बारेमा चर्चा हुदै

हरेक शनिवार अनलाइन वेबिनारको रुपमा सञ्चालन हुदै आएको डिजिटल संवाद कार्यक्रममा आज डिजिटल पेमेन्टको विशेषता र यसको भविश्वयको बारेमा छलफल हुदैछ । दिउसो १ बजेदेखि सञ्चालन हुने अनलाइन कार्यक्रममा डिजिटल पेमेन्ट क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिजिटल पेमेन्ट विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल, आइएमइ ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल, राष्ट्रिय वाणिज्य बैंकका डिप्युटी सिइयो कविराज अधिकारी रिसोर्स पर्सनको रुपमा रहनु भएको छ । यसैगरी कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडका सिइयो निलेश मान सिंह प्रधान र एफवान सफ्टका अध्यक्ष विश्वास ढकालको सहभागिता रहने छ ।

कार्यक्रममा नेपाल बैंक लिमिटेडका पुर्व सिओओ तथा आइटी प्रमुख शुरेश कर्णले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी आज आयोजना हुने अन्तकृयामा प्रभु बैंकको आइटी प्रमुख रत्नतारा वैद्यको पनि सहभागिता रहनेछ । कार्यक्रमको सेसन अध्यक्षता पुर्वमन्त्री गणेश शाहले गर्नुहुनेछ ।
\"\"

आज दिउसो १ बजेदेखि सञ्चालन हुने अनलाइन कार्यक्रममा डिजिटल पेमेन्ट क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ ।

कारोनाको संकटसँगै अहिले नेपालीहरुमाझ डिजिटल पेमेन्ट सेवा प्रभावकारी भइरहेको छ । नेपालमा डिजिटल पेमेन्टको सुरुवात भएको २० वर्ष भइसकेको छ । तर, केहि वर्षदेखिमात्र यसको प्रयोग सबैक्षेत्रमा बढिरहेको छ । सन् १९९० मा पहिलोपटक नेपालमा क्रेडिट कार्डको सुरुवात भएको थियो भने सन् २००२ मा पहिलोपटक कुमारी बैंकले इ बैंकिङको सुरुवात गरेको थियो । अहिले नेपालमा १३ वटा पिएसपी सेवाहरु छन भने ९ वटा पिएसओ सेवाहरु सञ्चालनमा छन । सबै किसिमका डिजिटल पेमेन्ट प्रयोगकर्ता १ करोड बढि रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

सरकारले हिजो शुक्रवार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै २ वर्षमा सबै सरकारी कारोबार क्यासलेस गर्ने बताएको छ । यसको लागि के कस्ता योजना र कार्यक्रमहरु छन भन्ने विषयमा आजको अनलाइन फोरममा वृहतरुपमा छलफल हुने आयोजकले जनाएको छ ।

कार्यक्रम दिउसो १ बजेदेखि लिभिङ विथ आइसिटीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण समेत हुनेछ भने जुम एकाउन्ट प्रयोग गरी प्रत्यक्ष सहभागी हुन सकिन्छ । यसको लागि Zoom - https://nren.zoom.us/j/69007897022 लिंक क्लिक गरेर Meeting ID: 690 0789 7022 प्रयोग गर्न सकिन्छ ।

Program Details:

Topic: Digital Samvad - Digital Payment Features and Future in Nepal

Date: May 16, 2020 (Jestha 03, 2077), Saturday

Time: 13:00  - 15:00 PM (NPT), Zoom Rooms opens 12:45 PM onwards

Venue: Online @ Zoom - https://nren.zoom.us/j/69007897022

Meeting ID: 690 0789 7022

गत हप्ताको डिजिटल संवाद हेर्नुहोस :