कीवर्डहरू -

छात्रवृत्तिका लागि लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लबबीच सम्झौता

छात्रवृत्तिका लागि लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लबबीच सम्झौता

लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लब अफ नेपाल डिष्ट्कि ३२५ बी १ बिच एक समारोहमा शैक्षिक सहकार्यको लागी सम्झौता भएको छ ।

सम्झौताअनुसार, लर्ड बुद्ध  एजुकेसन फाउण्डेसनमा सञ्चालित शैक्षिक कार्यक्रमहरु बी.एस्सी. आइटी, बीबीएम ईबीजनेश, एमबीए र एम.एस्सी.आइटीमा प्रत्येक कार्यक्रमहरुमा हरेक वर्ष एक जना गरीब तथा जेहेनदार विद्यार्थीले ट्यूशन फीमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्नेछन ।

लर्ड बुद्धले प्रदान गर्ने यो छात्रवृत्ति रु ८,६५,००० बराबरको रहेको छ । विद्यार्थीहरुको छनौट लायन्स क्लब अफ नेपाल डिष्ट्कि ३२५ बी १ गर्नेछ ।

सम्झौता पत्रमा लायन्स क्लब अफ नेपालका तर्फबाट डिस्ट्रिक गभर्नर मन बहादुर रोका र फाउण्डेसनका तर्फबाट अध्यक्ष पंकज जालानले हस्ताक्षर गरेका थिए । यसको साथै लायन्स क्लब अफ नेपाल डिष्ट्कि ३२५ बी१ अन्तरगत रहेका क्लबका सदस्यहरु र उनका परिवारले लर्ड बुद्धमा अध्ययन गर्न चाहेमा ट्यूशन फीमा २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन ।

यस छात्रवृत्तिले डिस्ट्रिक गभर्नर मन बहादुर रोकाले प्रस्तुत गरेको नारा ‘नरचर द फ्युचर’ लाई सार्थक बनाउने विश्वास रहेको अध्यक्ष जालानले बताए । उनका अनुसार, लायन्स क्लबका सदस्यले सिफारिस गरेका जो कोही योजनाबाट लाभाम्वित हुन सक्नेछन ।

काठमाडौंको मैतीदेवीमा अवस्थित नेपालकै प्रथम आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन मलेसियाको एसिया प्यासिफिक यूनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो ।

यस संस्थावाट हाल सम्म करिव आठ हजार भन्दा बढी व्यक्तिले सुचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरि सकेका छन ।

नेपाल सरकार शिक्षा , विज्ञान तथा खेलकुद मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।