कीवर्डहरू -

यसरी डिलिट गर्नुहोस् टिकटक अकाउन्ट

यसरी डिलिट गर्नुहोस् टिकटक अकाउन्ट

लोकप्रिय भिडियो शेयरिङ एप टिकटक सुरक्षाको कारण भन्दै अहिले कतिपय देशले बन्द गरेका छन् । भने धेरै देशहरुमा टिकटक ब्याण्ड हुने सक्ने बताएका छन ।

के तपाईसँग पनि टिकटक अकाउन्ट छ र विविध कारणले टिकटक अकाउन्ट डिलिट गर्न चाहनुहुन्छ । आज हामी टिकटक अकाउन्ट कसरी डिलिट गर्ने भनेर जानकारी दिदैछौं ।

टिकटक अकाउन्ट डिलिट गर्न सुरुमा आफ्नो प्रोफाइलमा गएर, तीन ओटा डट भएको आईकनमा थिच्नुहोस । त्यसपछि तपाई सेटिङमा पुग्नु हुनेछ ।

सेटिङमा गएपछि म्यानेज माई अकाउन्टमा जानुहोस् । त्यहाँ गएपछि केही तल डिलिट अकाउन्ट अप्सन देखिने छ । डिलिट अकाउन्टमा क्लिक गरी सकेपछि भेरिफिकेसनको लागि कोड माग्छ ।

सेन्ड कोडमा क्लिक गरी आफ्नो मोबाइल नम्बरमा आएको कोडलाई राखि अकाउन्ट डिलिट गर्न सकिने छ । यदि अकाउन्ट खोल्दा इमेल प्रयोग गर्नुभएको छ भने इमेल भेरिफिकेसन गरी अकाउन्ट डिलिट गर्न सकिने छ ।