कीवर्डहरू -

सेप्टेम्बर १५ मा आयोजना हुँदै एप्पलको भर्चुअल इभेन्ट

सेप्टेम्बर १५ मा आयोजना हुँदै एप्पलको भर्चुअल इभेन्ट

एप्पलको आगामी इभेन्ट सेप्टेम्बर १५ मा आयोजना हुने भएको छ । एप्पलले भर्चुअल रुपमा यो इभेन्ट आयोजना गर्नेछ ।

कम्पनीले यो ईभेन्टमा के के सार्वजनिक गर्छ भनेर आधिकारिक जानकारी नदिएपनि फाइभ जी आइफोन, नयाँ एप्पल वाचको मोडेल, म्याक, आईप्याड एयर, नयाँ अडियो प्रोडक्ट जस्ता उत्पादन सार्वजनिक गर्ने अनुमान लगाइएको छ ।

कम्पनीले प्रेसलाई ईमेल मार्फत निमन्त्रणा पठाएको छ । एप्पलको यो ईभेन्ट सप्टेम्बर १५ का दिन नेपाली समय अनुसार राती १० बजेबाट एप्पल डटकममा सुरु हुनेछ ।

यस ईभेन्टमा नयाँ आईफोन घोषणा गरेर बजारमा पछि उपलब्ध गराउने एप्पलको योजना हुन सक्ने बताइएको छ ।