कीवर्डहरू -

मेटलाइफले ल्यायो ग्राहक सेवा एप, एपबाटै विभिन्न सेवाहरु पाइने

मेटलाइफले ल्यायो ग्राहक सेवा एप, एपबाटै विभिन्न सेवाहरु पाइने

इन्स्योरेन्स कम्पनी मेटलाइफले ग्राहक सेवा एप ल्याएको छ । बीमा सम्बन्धी सेवा र सुविधाको पहुँच बढाउन तथा विमा पोलिसी व्यवस्थापन गर्न कम्पनीले यो एप ल्याएको हो ।

सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भर्चुअल कार्यक्रम मार्फत एप सार्वजनिक गरेका हुन् ।

ग्राहक सेवा एप एन्ड्रोइड तथा आईओएसमा उपलब्ध हुनेछ ।  एक पटक ग्राहकले लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन् । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछको सुविधा पनि समावेश गरिएको छ ।

नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन ।

उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन् । सो एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जसअन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन् ।