कीवर्डहरू -

मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन माग

मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन माग

ओटीटी तथा मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन नेपाल केबल टेलिभिजन महासंघले माग गरेको छ ।

केबल टेलिभिजन महासंघले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिलाई ज्ञानपन पत्र बुझाउदै यस्तो माग गरेको हो ।

नेपालमा ओटीटी/मोबाइल एप्स मार्फत नेट टिभी, भाया टिभी, प्रभु टिभी लगायतको टेलिभिजन प्रशारण गर्दै आएका छन् ।

केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने, ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् ।

ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण लाइसेन्स बिना नै सञ्चालन भईरहेको भन्दै त्यसलाई बन्द गराउनुपर्ने माग केबल व्यवसायीहरुले गरेका हुन् ।

व्यवसायीहरुले नेपालमा गैरकानूनी रुपमा विदेशी तथा स्वदेशी ओटीटी र मोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अर्बौंको राजश्व छली गरिरहेको दाबी गरेका छन् ।

त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन पनि केबल व्यवसायीहरुले माग गरेका छन् ।भने खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय डिटिएच टेलिभिजन च्यानलहरुले नेपालमा व्यापार गरिरहेको प्रति पनि व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

केही दिन अगाडी मात्रै संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेसम्म क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन समेत दिएको छ । साथै समितिले विज्ञापन बोर्ड गठन गर्न समेत निर्देशन दिएको छ ।