कीवर्डहरू -

हुवावेले जारी गर्‍यो ‘बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’ शिर्षकको ह्वाइट पेपर 

हुवावेले जारी गर्‍यो ‘बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’ शिर्षकको ह्वाइट पेपर 

हुवावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आइडिसी), मार्केट इन्टेलिजेन्स, परामर्श सेवा र सूचना प्रविधि, दूरसञ्चार र उपभोक्ता प्रविधि बजारका कार्यक्रमहरुको ग्लोबल प्रदायकले हुवावेको साथमा बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मलू शिर्षकको ह्वाइट पेपर जारी गरेको छ ।

यस प्रतिवेदनमा आइडिसी र हुवावेले बैंकिगं इन्डस्ट्रिमा कोभिड–१९ को प्रभाव बारे सर्भे गरेर बैंकले उनीहरूको भविष्यगत सफलता सुनिश्चित गर्नका लागि लिनु पर्ने कदमहरूको रूपरेखा प्रस्तुत गरेको छ ।

यस प्रतिवेदनको अशंको रूपमा आइडिसी र हुवावेले ‘बैकिगं रिसिलियेन्स सूचक’ को विकास गरेको छ जसले बैंकिगंको वर्तमान स्थितिलाई क्षेत्रको हिसाबले छ वटा प्रमुख उपायका आधारमा मापन गर्दछ ।

यो सूचकले प्रमुख क्षेत्रीय भिन्नताहरू देखाउँदछ, तथा बैंकहरूले उनीहरूको आफ्नै स्थिरताको आकलन गर्न प्रयोग गर्न सक्दछ र भविष्यको सफलताको लागि कहाँ ध्यान दिने भनेर मार्गदर्शन प्रदान गर्दछ ।

हुवावे कनेक्ट २०२० मा ह्वावे र यसका पार्टनरहरूले वित्तीय क्लाउड, स्मार्ट शाखा, डिजिटल कोर र इन्टेलिजेन्ट डाटा प्लेटफार्महरू सहित एफएसआई सोलुसनको विस्तृत प्रकार देखाउँदै छन् ।

यी सोलुसनले बैंकहरूलाई लागत घटाउन, छिटो परिवर्तन हुने जीफाइभ वातावरणलाई छरितो गर्न, ग्राहकहरूलाई आकर्षित गरेर राख्न र उदीयमान प्रतिस्पर्धीहरू बिरूद्ध उभिने मौका दिन्छ ।

हालका अवरोधहरूले दैनिक जीवनमा मोबाइलमा वित्तीय सेवाको ध्यान केन्द्रित गरेको छ र चीनमा प्रारम्भिक अनुभवहरूको आधारमा हुवावे विश्वव्यापी रूपमा मोबाइल अन्तरक्रियामा जाने कदमलाई समर्थन गर्न अग्रणी रहेको छ ।

हामीले व्यक्त गरिरहेको अन्तर्दृष्टिले वित्तीय ग्राहकहरूलाई विश्वव्यापी रूपमा प्रतिक्रिया दिन र यस कठिन समयमा ग्राहकहरूलाई साथ दिन सहयोग गरिरहेको छ ।

यी अनुभवहरूले हुवावेलाई यस रिपोर्टमा आइडिसीको साथ काम गर्न मौका दियो । उक्त रिपोर्टमा रहेका केही प्रमुख निष्कर्षहरू, बैंकको ब्यालेन्स शीटमा महामारीको आर्थिक प्रभाव, मोबाइल उपकरणबाट डिजिटल भुक्तानीमा आक्रामक वृद्धि र बैंकिगं सेवाहरूमा शाखाको भूमिकामा अचानक आएको परिवर्तनलाई चिन्तन गर्दछ ।  भविष्यलाई नियाल्दा आइडिसीले यी प्रयासहरूमा ध्यान केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

•    च्यानल अपग्रेड – पूर्ण डिजिटल ग्राहक यात्रामा सर्दै
•    संचार पुनर्विचार– ग्राहकहरुलाई सेवा पु¥याइने तरिकामा परिवर्तन ल्याउने
•    इन्फ्रास्ट्रक्चर ओभरहल – हाइब्रिड क्लाउड र माइक्रोसर्भिसेस को निर्माण
•    डाटा र एनालिटिक्स पुनः परिभाषा – मजबूत डेटा लेक र पीसी क्षमताको निर्माण
•    कार्यप्रवाह पुनः कल्पना – कागज र एऋक बाट मोबाइल कार्यप्रवाहहरू मा उत्थान, र प्लेटफर्म रूपान्तरण – उभो लाग्दै गरेका प्रविधिहरू           समावेश गर्दै जस्तै फाइभजी, एआई र आइओटी ।

हुवावेका अनुसार बैंकिंग रिसिलियेन्स सूचक र फोकस क्षेत्रहरूले बैंकहरूको लागि मार्गदर्शन प्रदान गर्नेछ । किनकि उनीहरूले नयाँ सामान्यको निरन्तर चुनौतीहरूको सामना गर्नेछन् ।

ह्वावेले विश्वको अग्रणी वित्तीय संस्थासँग आफ्नो संलग्नता विस्तार गर्न जारी राख्नेछ र यस रिपोर्टले प्रदान गरेको अन्तर्दृष्टिले त्यस कार्यको लागि ठोस आधार प्रदान गर्ने बताइएको छ । यहाँ क्लिक गरी ह्वाइट पेपर डाउनलोड गर्न सकिने छ ।