कीवर्डहरू -

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश १ मा ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना हुने

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश १ मा ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना हुने

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश नम्बर १ मा ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना हुने भएको छ । मनमोहन अनुसन्धान केन्द्र स्थापनाको लागि मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्र बीच सम्झौता भएको हो ।

सोमबार राती ९ बजे प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको उच्च सक्रियतामा विराटनगर अवस्थित मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रको बीचमा सहकार्य गरी उक्त विश्वविद्यालयमा ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना गर्ने र सो केन्द्रलाई  सञ्चालन गर्नको लागी सहयोग आदान प्रदान गर्ने कुरामा जुम मिटिङ मार्फत सम्झौता भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बताएका छन् ।

सम्झौता अनुसार कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा तथा अन्य नविनतम क्षेत्रहरु अनुसन्धानका क्षेत्र रहेका छन् ।

यस्तो छ सम्झौता पत्र

\"\" \"\" \"\" \"\"