कीवर्डहरू -

एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ

एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ

धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरी रहेका छन् ।

एटिएम मेसिन तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।