कीवर्डहरू -

द भ्वाइस अफ नेपाल सिजन ३ को भोटिङ पार्टनरमा प्रभु पे

द भ्वाइस अफ नेपाल सिजन ३ को भोटिङ पार्टनरमा प्रभु पे

द भ्वाइस नेपाल सिजन ३ मा प्रभु पे भोटिङ पार्टनर रुपमा रहने भएको छ । यसका लागि प्रभु पे र हिमालय टेलिभिजनबीच सम्झौता भएको हो ।

द भ्वाइस अफ नेपाल सिजन ३ अब हिमालय टेलिभिजनबाट छिटै प्रशारण हुँदैंछ । यस पटकको डिजिटल अडिसनमा झण्डै ४० हजारको सहभागीता जनाएका छन् ।

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल १ सय २० जना प्रतिभाहरुले कोचका अगाडी ब्लाइन्ड अडिसनमा प्रस्तुती दिन पाउनेछन् ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रम उत्पादनका लागि तिब्र गतिमा काम भइरहेको र आगामी एक महिनाभित्रै सिजन ३ को प्रसारण सुरु हुने हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए । कार्यक्रम हरेक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुने छ ।

भ्वाइसको सिजन ३ मा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र त्रिश्ना गुरूङ कोचको रुपमा रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको टाइटल स्पोन्सरमा ओप्पो मोबाइल रहेको छ भने पावर्ड बाईमा बजाज पल्सर मोटरसाइकल र माइ सेकेण्ड टिचर रहेको छ ।

यसैगरी सिटी एक्सप्रेस मनी ट्रान्सफर र लोटस हर्बल को–स्पोन्सर रहेका छन् । कार्यक्रमको एसोसिएट स्पोन्सरमा डावर रियल जुस र हिमालय हर्वल रहेका छन् ।