कीवर्डहरू -

सन् २०२१ मा ह्वावेले फोन निर्माण प्रक्रियालाई ६० प्रतिशत कम गर्ने

सन् २०२१ मा ह्वावेले फोन निर्माण प्रक्रियालाई ६० प्रतिशत कम गर्ने

ह्वावेले सन् २०२१ मा फोन निर्माण प्रक्रियालाई करिब ६० प्रतिशतले कम गर्ने भएको छ ।

निकेई एसियाको अनुसार ह्वावेले यो वर्ष ७० देखि ८० मिलियन स्मार्टफोनहरुलाई पुग्ने सामाग्री मात्रै अर्डर गर्ने सप्लायरहरुलाई बताएको थियो ।

सन् २०२० मा कम्पनीले १८९ मिलियन स्मार्टफोन ढुवानी गरेको तथ्याकं छ त्यस्तै कम्पनीले सन् २०१९ मा २४० मिलियन स्मार्टफोन ढुवानी गरेको थियो ।

कुन स्मार्टफोनको निर्माण कम मात्रामा हुन्छ भन्ने कुरा रिपोर्टले खुलाएको छैन् । ह्वावेले यो वर्ष गेमिङमा पनि ध्यान दिने बताएको छ ।

कम्पनीका अनुसार ह्वावेले पहिला गेमिङ ल्यापटप र त्यसपछि गेमिङकन्सोल सार्वजनिक गर्ने छ । त्यस्तै कम्पनीले २२ फ्रेबुअरीमा मेट एक्स टू भन्ने स्मार्टफोन सार्वजनिक गर्ने पनि बताएको छ ।