कीवर्डहरू -

एसरमा र्यानसमवेयर आक्रमण, मागियो ५० मिलियन डलर

एसरमा र्यानसमवेयर आक्रमण, मागियो ५० मिलियन डलर

एसरमा र्यानसमवेयर आक्रमण भएको छ । आक्रमणकर्ताहरुले एसर प्रणालीमा माइक्रोसफ्ट एकसचेन्जबाट प्रवेश पाएको अनुमान लगाइएको छ ।

रेभिल ¥यानसमवेयर ग्याङगले ताइवानको कम्पनी एसरसँग ५० मिलियन डलरको माग गरिरहेको पाइएको छ । यो अहिले सम्मकै ¥यानसमवेयरले गरेको सबैभन्दा ठूलो माग हो ।

एसर एकदमै धेरै आम्दानी गरिरहेको कम्पनी भएकाले यति धेरै रकमको माग आएको अनुुमान लगाइएको छ । ह्याकरहरुले एसरलाई मार्च २८ सम्म पैसा तिर्नको लागि समय दिएको छ ।

यो बुधबार सम्ममा पैसा भुक्तानी गरेमा आक्रमणकर्ताहरुले एसरलाई २० प्रतिशत सम्मको डिस्काउन्ट दिने जनाइएको छ ।

एसरले यो ¥यानसमवेयर आक्रमण हो भनेर स्वीकारेको छैन्तर ब्लीपीङ कम्प्यूटरको रिपोर्टको अनुसार यो ¥यानसमवेयर आक्रमण नै हो ।