कीवर्डहरू -

आफ्नै हार्डवेयर तथा चीप बनाउन २० बिलियन लगानी गर्दै इन्टेल 

आफ्नै हार्डवेयर तथा चीप बनाउन २० बिलियन लगानी गर्दै इन्टेल 

इन्टेलले एरिजोनाका दुई ओटा उद्योगहरुमा २० बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । यसलाई कम्पनीले आईडीएम २.० स्ट्राटेजीको नाम दिएको छ ।

यी कम्पनीहरुले इन्टेललाई आफ्नै हार्डवेयर तथा चीप बनाउनलाई मद्दत पु¥याउने छन् । इन्टेलले सन् २०२३ सम्ममा सात न्यानोमिटरको चीप पनि ल्याउने भएको छ ।

यो चीप यो वर्षको दोस्रो क्वाटरमा डिजाइन हुनेछ । आईडीएम २.० स्ट्राटेजीले चीपको अवस्थामा एकदमै परिवर्तन ल्याउने छ ।

इन्टेलले आगामी दिनमा एक्सट्रीम अल्ट्राभ्वाइलेट लिथोग्राफीको प्रयोग गर्ने पनि योजना बनाएको छ ।

इन्टेलले अहिले अमेजन, सिस्को, आईबीएम र माइक्रोसफ्ट जस्ता साझेदारसँग काम गरिरहेको छ । इन्टेललाई अझै राम्रो बनाउँदै अघि बढ्ने इन्टेलका प्रमुख कार्यकारी अधिकृत प्याट गेलसिनगरले प्रतिबद्धता जनाएका छन् ।