कीवर्डहरू -

अब हाट बजार एपबाटै कृषि उत्पादन खरिद बिक्री गर्न सकिने

अब हाट बजार एपबाटै कृषि उत्पादन खरिद बिक्री गर्न सकिने

गाँउमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषि जन्य सामानहरू महँगो परेको समाचारहरू दैनिक रुपमा हामीले सुन्दै आएका छौ ।

देशको अर्बौँ रुपैयाँ कृषि जन्य आयतमा बाहिरिएको यथार्थ हामी सबैलाई अवगत नै छ । सो अवस्थालाई केही हद सम्म सुधार गर्न मोबाइल एप ‘हाट बजार’ सार्वजनिक भएको छ ।

यस हाट बजार एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरू जस्तै फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभेरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्नेछन् ।

यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक  गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सक्छन् ।

किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामाग्री र खेतीको लागी जग्गा भाडामा लिन दिन परेमा निःशुल्क यो एपमा बेच्न राख्न सकिन्छ ।

कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोगकर्ताहरूलाई ‘कस्ले के बेच्न राख्यो’ भनेर नोटिफिकेशन जान्छ र यसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

जस्तै जुम्लामा भएको स्याउ कसैले यस एपमा बेच्न राखेमा उक्त सूचना देशभरी रहेका हाट बजार एप प्रयोगकर्तामा पुग्ने भएकाले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ ।

हाट बजार एपका प्रयोगकर्ताहरुले आफूलाई चाहिएको सामानहरू आह्वान गर्न सक्छन । जस्तै भैंसी किन्नु पर्‍यो, २० केजी टिमुर चाहियो, तरकारीबालीको लागि खेत भाडामा चाहियो, ट्याक्टर भाडामा लिन दिन आदि । जसले गर्दा समय, यातायातको खर्चमा बचत भई व्यापार बढाउन सहयोग गर्ने बताइएको छ ।

यो एपमार्फत किन्ने र बेच्नेहरु नै एक आपसमा सिधै सम्पर्क गरेर कारोबार गर्ने भएकाले गुणस्तर र मूल्य आफैले तय गरेर पूर्ण भरोसाका साथ लेन देन गर्न सक्छन् । अरु कसैलाई बिचमा कमिसन पनि दिन नपर्ने भएकोले यो एपको भरपूर प्रयोग गरेर फाईदा लिन सकिने सकिने छ ।

यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, विक्रेताको प्रोफाइल बनाउन मिल्ने, कृषि सम्बन्धि समाचार पढ्न, भिडियोहरु हेर्न, एफएमहरु सुन्न र सोसियल मिडियामा पनि शेयर गर्न सकिने जस्ता फिचरहरु राखिएको छ ।

ट्राभहिल डटकम प्रालि मार्फत हाट बजार एप बजारमा आएको हो । हाट बजार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ ।

एन्ड्रोइड प्लेटफर्ममा हाटबजार एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएस प्लेटफर्ममा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।