कीवर्डहरू -

सहकर्मीलाई कामबाट निकालेपछि गूगलका एआई वैज्ञानिकले दिए राजिनामा

सहकर्मीलाई कामबाट निकालेपछि गूगलका एआई वैज्ञानिकले दिए राजिनामा

गूगलका रिसर्च म्यानेजर तथा वरिष्ठ एआई वैज्ञानिक स्यामी बेन्जीओले राजिनामा दिएका छन् ।

रोयटर्सका अनुसार पेपर रिभ्यू र विविधतामा प्रश्न उठाउँदा सहकर्मीलाई कामबाट निकालेपछि उनले राजिनामा दिएका हुन् ।

आर्टिफिसियल इन्टेलिजेन्स रिसर्चर टिमनीट गेब्रुलाई निकालेदेखि अरु कर्मचारीले पनि राजिनामा दिएका थिए तर राजिनामा दिनेमा बेन्जीओ सबैभन्दा ठूलो पदमा रहेका व्यक्ति हुन् ।

बेन्जीओले गूगलमा १४ वर्ष काम गरिसकेका छन् । गूगलले फेब्रुअरीमा स्टाफ वैज्ञानिक मागारेट मिचेललाई इलेक्ट्रोनिक फाइल सारेको आरोपमा कामबाट निकालेको थियो ।

बेनजियो मागारेटललाई निकाल्दा पनि अचम्ममा परेका थिए । बेन्जीओले राजिनामा दिनु भन्दा पहिले सबै जना सहकर्मीहरुलाई मेल पठाएका थिए ।

मेलमा बेन्जीओले टीमवर्कमा काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव बताएका थिए ।