कीवर्डहरू -

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, विभिन्न पदमा १३ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, विभिन्न पदमा १३ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रले करार सेवामा १३ जना कर्मचारी माग गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै केन्द्रले दरखास्त विभिन्न पदमा १३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

केन्द्रले सूचना प्रविधि निर्देशक १ जना, कम्प्युटर इन्जिनियर १ जना, इलेक्ट्रिकल इन्जिनियर १ जना, सिस्टम एडमिनिस्ट्रेटर २ जना, इलेक्ट्रिकल टेक्निसियन १ जना, कम्प्युटर टेक्निसियन २ जना र कम्प्युटर अपरेटर २ जना माग गरेको छ ।

इच्छुक व्यक्तिले सातदिन भित्रमा राष्ट्रिय सूचना प्रविधि कन्द्र सिंहदरबारमा आवेदन पेश गर्न सक्ने छन् । अन्तरवार्ताको आधारमा केन्द्रले कर्मचारी छनोट गर्नेछ ।

तलब सुविधा नेपाल सरकारको प्रचलित तलब स्केल बमोजिम हुने केन्द्रले जनाएको छ । दरखास्त दिदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा चारित्रिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, विदेशीको हकम समक्षताको प्रमाणपत्र र इन्जिनियरिङ पदको लागि इन्जिनियरिङ पदमा दर्ता भएको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार अन्तरवार्ताका लागि छनोट भएका उम्मेदवारहरुको सूची वेबसाइटमा प्रकाशन गरिने छ । साथै दरखास्त फाराम यहाँ क्लिक गरी डाउनलोड गर्न सकिने छ ।