कीवर्डहरू -

विन्डोजमा ६४ बिटको वानड्राइभ आउँदै

विन्डोजमा ६४ बिटको वानड्राइभ आउँदै

माइक्रोसफ्टले विन्डोजका लागि ६४ बिटको वानड्राइभ सार्वजनिक गर्ने भएको छ । यसले ठूलो फाइलहरु ट्रान्सफर गर्न दिन्छ भने धेरै ओटा फाइल एकै पटक ट्रान्सफर गर्न पनि सकिन्छ ।

३२ बिटभन्दा यसमा धेरै पूर्वाधारको प्रयोग गर्न सकिने छ । कम्पनीको अनुसार यो फिचर लामो समय देखि मागमा रहेको थियो ।

सरफेस प्रो एक्स र विन्डोज १० आर्म इन्स्टल गरेका प्रयोगकर्ताले ६४ बिटको वानड्राइभ भर्सन पाउनलाई केही समय कुर्नु पर्ने छ । विन्डोज एक्स ६४ इन्स्टल भएको कम्प्यूटरमा प्रिभ्यूका लागि यो सुविधा उपलब्ध हुनेछ ।