कीवर्डहरू -

जुलाईदेखि आईफोनमा भीओएलटिई चल्ने, समस्या समाधान गर्न एप्पलले खटायो विज्ञ टोली

जुलाईदेखि आईफोनमा भीओएलटिई चल्ने, समस्या समाधान गर्न एप्पलले खटायो विज्ञ टोली

आगामी जुलाई देखि आईफोनमा नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा चल्ने भएको छ ।

नेपाल टेलिकमकले गत सोमबारबाट नेपालमै पहिलोपटक भीओएलटिई सेवाको परीक्षण सुरूवात गरेको थियो ।

८०० मेगाहर्जमा फोरजी भीओएलटिई सेवा आईफोनमा नचलेपछि एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई टेलिकमले इमेल लेखेको थियो ।

उक्त इमेलको जवाफ दिदै कम्पनीले सो समस्या समाधानको लागि विज्ञटोली खटाएको जानकारी दिएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

‘आगामी जुलाईदेखि ८०० मेगाहर्जमा समेत फोरजी/ भीओएलटिई सेवा उपलब्ध गराउने जानकारी प्राप्त भएको छ,’ अधिकारीले भने ।