कीवर्डहरू -

क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण 

अत्याधिक गिरावटले विश्वभरिका लगानीकर्ता हतोत्साहित भएका छन् । 

क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण 

विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी  बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो पहिरो गयो ।

यसमा करिब दश दिनको अन्तरालमा बिटकोईनमा ३० प्रतिशत सम्मको गिरावट भयोे भने अन्य क्रिप्टोकरेन्सी जस्तै ईथेरियममा ४० प्रतिशत र डोजकोईनके मूल्यमा पनि ४५ प्रतिशतसम्मको भारी गिरावट देखियो ।

हिजो शनिवार रातीसम्मको कोईनगेको ( CoinGecko ) को तथ्याङ्कअनुसार बिगत सात दिनमा मात्र बिटकोईनमा २४ प्रतिशत, इथेरियममा ४४ प्रतिशत र डोजकोईनमा ४० प्रतिशत हाराहारीको गिरावट देखिएको छ ।

बिटकोइन मात्रै  तथ्याङ्क हेर्ने हो भने अप्रिलतिर ६५ हजार अमेरिकी डलर मूल्य भएको यो क्रिप्टोकरेन्सी मे २२ मा आउँदा ३४ हजार अमेरिकी डलरसम्म कारोवार भयो ।

यसरी हेर्ने हो भने ९० दिनको अधिकतम र अहिलेको न्यूनतम हेर्दा करिब आधाले गिरावट आएको छ  ।
बुधबारबाट अचानक रुपमा देखिएको अत्याधिक गिरावटले विश्वभरिका लगानीकर्ता हतोत्साहित भएका छन् ।

यसरी बजारमा गिरावट आउँदा लगानीकर्ताहरुले ठूलो मात्रामा क्रिप्टोकरेन्सी बिक्री गरेर बाहिरिएको अनुमान छ । बजार गिरावट आएसँगै १ हजार १ सय बिलियन अमेरिकी डलरको बेचिएको अनुमान गरिएको छ ।

बजार गिरावट आउनुमा चीनले लिएको नयाँ नीतिलाई एक प्रमुख कारण मानिएको छ । चीनले क्रिप्टोकरेन्सीलाई कुनै पनि वित्तीय संस्थाले मान्यता नदिन भनेको छ । त्यस्तो करेन्सिको आधारमा कुनै पनि वस्तुको खरिदबिक्री वा सेवा प्रदान गर्न प्रतिबन्ध लगाईएको छ ।

बजार गिरावट आउनुमा चीनले लिएको नयाँ नीतिलाई एक प्रमुख कारण मानिएको छ । चीनले क्रिप्टोकरेन्सीलाई कुनै पनि वित्तीय संस्थाले मान्यता नदिन भनेको छ ।

यसले चिनिया बजारमा क्रिप्टोकरेन्सीको महत्व नगन्य बनाएको र एक प्रकारको त्रास सृजना भएर ठूलो मात्रामा बेचिएको अनुमान लगाइएको छ ।

अर्को प्रमुख कारण अमेरिकन कम्पनी टेस्लाले परिवर्तन गरेको बिटकोईन सम्बन्धि नीति ।

पहिला टेस्लाले बिटकोइनलाई प्रवद्र्धन गर्ने र बिटकोईनबाट नै टेस्लाले बनाएका गाडी खरिद गर्न सकिने भनेर घोषणा गरेको थियो । अहिले उक्त नीतिलाई परिवर्तन गरेर बिटकोइन प्रयोग नगर्ने भनेको छ ।

अहिले बिटकोइन माइनिङ र कारोबारमा खपत हुने बिजुली उत्पादन गर्न अत्याधिक कोइला जलाइएको र त्यसले वातावरणमा कार्बनडाईअक्साईड जस्ता हानिकारक ग्यासको मात्रा बढाएर वातावरण प्रदूषण गरेको जनाएको छ ।

टेस्ला वातावरण संरक्षणमा अग्रसर रहेकाले कम्पनीले निर्माण गरेका गाडीहरु बिटकोईनले खरिद गर्न नसकिने जनाउदै आफूसँग भएको बिटकोईन पनि बिक्री नगर्ने घोषणा गरेको छ ।

टेस्ला वातावरण संरक्षणमा अग्रसर रहेकाले कम्पनीले निर्माण गरेका गाडीहरु बिटकोईनले खरिद गर्न नसकिने जनाउदै आफूसँग भएको बिटकोईन पनि बिक्री नगर्ने घोषणा गरेको छ ।

वातावरणमैत्री र प्रभावकारी क्रिप्टोको प्रयोगलाई प्रत्सोहान गर्ने भन्दै टेस्ला कम्पनिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले आफ्नो ट्विटरमा जानकारी गराएका थिए । सोही घटनाले पनि एक हदसम्म क्रिप्टोलाई गिरावट गराउनमा ठूलो भुमिका खेलेको छ ।

यस घटनालाई कतिपयले भने सामान्य रुपमा व्याख्या गरेका छन् । निकै ठूलो उछालपछि यस्तो खालको गिरावट आउनु सामान्य कारोबारको चक्र रहेको उनीहरुको भनाइ छ ।

अब छिट्टै फेरि उही तहमा पुग्ने एकथरी लगानीकर्ताहरुको विश्वास छ । कतिपयले यसलाई ठूलो लगानीकर्ताहरुले चलखेल गरी घटाएको र फेरि सस्तो मूल्यमा खरिद गरी बढाउने सम्भावना रहेको आकलन गरेको पनि विभिन्न सञ्चार माध्यममा आएका छन् ।